No ads found for this position

विश्वभर ६८ लाख ४४ हजार कोरोना संक्रमित, ३ लाख ९८ हजारको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २४ गते ९:२०
No ads found for this position
विश्वभर ६८ लाख ४४ हजार कोरोना संक्रमित, ३ लाख ९८ हजारको मृत्यु
corona
No ads found for this position

विश्वभर ६८ लाख ४४ हजार ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

वर्ल्डोमिटरले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १९ लाख ६५ हजार ७ सय ८ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, ब्राजिलमा ६ लाख ४६ हजार ६, रुसमा ४ लाख ४९ हजार ८ सय ३४, बेलायतमा २ लाख ८३ हजार ३ सय ११, स्पेनमा २ लाख ८८ हजार ५८ जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर ३ लाख ९८ हजार १४७ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक १ लाख ११ हजार ३९० जना छन्।

त्यस्तै, बेलायतमा ४० हजार २ सय ६१, ब्राजिलमा ३५ हजार ४७, इटालीमा ३३ हजार ७ सय ७४ जनाको मृत्यु भएको छ। विश्वभर ३३ लाख ४८ हजार ९ सय ९८ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा शनिवार बिहानसम्मको तथ्यांक अनुसार २९ सय २९ जनामा संक्रमण पुष्टि भएको छ। शनिवार मात्रै गण्डकी प्रदेशमा १७ जनामा कोरोना संक्रमित थपिएका छन्। संक्रमितमध्ये ३ सय ३३ जना संक्रमणमुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ।

प्रकाशित : २०७७ जेठ २४ गते ९:२०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI