भरतपुर अस्पतालको आईसियुमा २७ वर्षीय युवकको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २४ गते १३:५२
भरतपुर अस्पतालको आईसियुमा २७ वर्षीय युवकको मृत्यु

चितवन । चितवनको भरतपुर अस्पतालको आईसीयूमा एक युवकको मृत्यु भएको छ ।

माडी नगरपालिकाका २७ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । उन मा ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा उनको शनिबार बिहान करिब साढे १० बजे मृत्यु भएको भरतपुर अस्पताल स्रोतले जानकारी दिएको छ ।

उनी भारतबाट करिब दुई साता अघि माडी आएको जनाइएको छ । उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर जाँच गर्न स्वाब संकलन गरेर ल्याबमा पठाइएको छ ।

प्रकाशित : २०७७ जेठ २४ गते १३:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI