बांँके र बर्दियामा ४० जनामा कोरोना संक्रमण पुष्टि

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २४ गते १४:२०
बांँके र बर्दियामा ४० जनामा कोरोना संक्रमण पुष्टि

नेपालगञ्ज । बाँके र बर्दियाका ४० जनामा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।

भेरी अस्पताल नेपालगञ्जले शनिबार दिउँसो एक सूचना जारी गरेर बाँकेका १२ र बर्दियाका २८ जना गरेर ४० जनाका कोरोना सङ्क्रमण रहेको पुष्टि भएको जनाएको छ ।

अस्पतालका अनुसार नेपालगञ्ज -१ का ४१ वर्षिय एक महिला, बाँकेको खजुरा गाउँपालिकाका वडा नं–४ का छ महिला र एक पुरुष तथा वडा नं–५ का एक महिला गरेर ८ जना, बैजनाथ गाउँपालिका वडा न–२ का एक जना महिला र वडा न–६ का दुई जना महिला रहेका छन् ।

शनिबार थपिएका १२ जनासँगै बाँकेमा कुल सङ्क्रमितको सङ्ख्या २६७ पुगेको छ । ती मध्ये एकजनाको मृत्यु भैसकेको छ भने ४३ जना निको भएर घर फर्किएका छन् ।

त्यस्तै बर्दियाको बाँसगढी नगरपालिका–२ का एक जना, ६ का एक र ९ का तीन जना, बढैयाताल गाउँपालिका–६ का एक जना र ७ का दुई जना, गुलरिया नगरपालिकाका –३ का नाै जना, ६ का एक जना र १० का एक जना, मधुवन नगरपालिका –२ का दुई जना र ५ का दुई जना र राजापुर नगरपालिका –८ का दुई जना र १० का तीन जना गरेर २८ जना रहेको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताउनुभयो ।

शनिबार दुवै जिल्लामा गरेर भेटिएका ४० जना सङ्क्रमितहरूमा तीन जना महिला र ३७ जना पुरुष रहेका छन् । सङ्क्रमितहरूमा तीन वर्षदेखि ६० वर्षसम्मका महिला पुरुषहरू रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित : २०७७ जेठ २४ गते १४:२०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI