करोड क्लबका मालिक नवलपुरका केशबले जन्माएको पुतलीको चर्चा विश्वभर

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २४ गते १९:०३
करोड क्लबका मालिक नवलपुरका केशबले जन्माएको पुतलीको चर्चा विश्वभर

नारायण प्रभु/कावासोती
नवलपुर जिल्लाको कावासोती नगरपालिकामा स्थायी घर भै हाल जापानमा कार्यरत केशव पौडेल’ बिन्दास’ले पुतलीलाई जन्म दिएका छन।

पछिल्लो समय उक्त पुतलिको चर्चा विश्वभरी रहेका नेपालिको माझ चलेको छ। डिजिटल बजारमा करोड क्लबका मालिक भैसकेका केशबले जापनमै रहेर आफ्नो साङ्गितिक यात्रालाई निरन्तरता दिदै  पुतली नाम दिएर लोकदोहोरी गित बजारमा ल्याएका हुन।

बिगतमा करोड दर्शक तथा श्रोता कमाउन सफल रहेका “उहीखोलीको पानी उही खोलीको माछा”, “गुन्द्रुक मिठो सागको”जस्ता सर्वाधिक चर्चित गितहरुका लेखक केशबले अहिले पनि आफ्नै शब्द लेखनमा लोक दोहोरीगित पुतली बजारमा ल्याएका छन।

चर्चित संगीतकार शिव हमालको  संगीत रहेको  पुतलिमा बिक्रम परियार र देबी घर्तीले आवाज दिएका छन।चर्चित मोडल दुर्गेश  थापा र रबिना भण्डारीले यस गितमा अभिनय गरेका छन।

बिगतका गितहरुलाई  जस्तै यसलाई पनि करोडौ दर्शक र श्रोताले माया गरिदिनु हुन्छ भन्नेमा आफू बिश्वस्त रहेको सर्जक पौडेलले बताएका छन।हाम्रो तर्फबाट पनि सर्जक केशब पौडेलको साङ्गितिक यात्राले निरन्तरता पाइरहोस शुभकामना।

प्रकाशित : २०७७ जेठ २४ गते १९:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI