विनोद चौधरीले किने साउदी राजकुमारको होटल

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २४ गते २३:०६
विनोद चौधरीले किने साउदी राजकुमारको होटल

काठमाडौं । नेपालका अर्बपति व्यवसायी विनोद चौधरीले केन्याको नैरोबीमा साउदी अरेबियाका राजकुमारको लगानी रहेको लक्जरी होटल किनेका छन्।

नैरोबीमा रहेको ‘फेयरमण्ट द नरफल्क’ र फेयरमण्ट द मारा सफारी क्लबको स्वामित्व चौधरी ग्रुपले खरिद गरेको हो।

साउदी अरेबियाका राजकुमार अल वालिड विन तलालले उक्त होटेलको स्वामित्व चौधरी ग्रुपलाई विक्री गरेका छन्।

कोरोना महामारी शुरु हुनु अगाडि नै उक्त होटेल खरिद बिक्रीको डिल सम्पन्‍न भएको साउदी अरेबिया का मिडियाहरूले उल्लेख गरेका छन्।

साउदी राजकुमारले २.८ अर्ब केन्‍नियन सिलिङ करीब ३ अर्ब २० करोड रुपैयाँमा होटेलको स्वामित्व विक्री गरेका छन्।

उक्त होटेलको स्वामित्व खरिद गरेपछि चौधरी ग्रुपले होटेल रिनोभेटको काम शुरू गरेको छ। चौधरीले एसिया र मध्यपूर्वी देशहरूमा लगानी विस्तार गरिरहेका छन्।एजेन्सी

प्रकाशित : २०७७ जेठ २४ गते २३:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI