No ads found for this position

भारतबाट आएका थिए हुप्सेकोटका ४ जना संक्रमित , यस्तो छ ट्राभल हिस्ट्री

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २५ गते ७:०८
No ads found for this position
भारतबाट आएका थिए हुप्सेकोटका ४ जना संक्रमित , यस्तो छ ट्राभल हिस्ट्री
No ads found for this position

कावासोति । हुप्सेकोट गाँउपालिकाका वडानं २ का ४ जनामा कोरोना पुष्टि भएको हो ।

प्रादेशिक प्रयोगशाला पोखरामा गरिएको परिक्षण अनुसार वडा नं २ का ३५ वर्षका दुइ जना , २० र ४५ वर्षका एक एक जना गरि ४ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार संक्रमित चारै जना गत जेष्ठ ११ गते भारतको हिमाञ्चल बाट हिडेका र उनिहरु जेष्ठ १४ गते सुनौली आइपुगी गाउपालिका बाट गएको बसमा आएर जनता आधारभुत विधालयको क्वारेन्टाइन मा वसेका थिए ।

संक्रमित मध्य एक जनालाई स्वास्थ्यमा समस्या भएकाले रिपोर्ट न आउदै शनिबार साझ भरतपुर अस्पताल लगिएको छ भने अन्य तिन जनालाई प्राकृतिक चिकित्सालय रजहरको आइसोलेशन कक्षमा राख्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

संक्रमित चारै जना घरपरिवार र अन्य कसै सँग सम्पर्कमा नआएको र उनिहरु सँगै आउने र सम्पर्कमा आउन सक्ने व्यक्तिहरुको खोजी कार्य सुरु गरिएको जनाईएको छ ।

प्रकाशित : २०७७ जेठ २५ गते ७:०८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI