आन्तरिक हवाई भाडादर घट्यो (सुची सहित)

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २६ गते ७:११
आन्तरिक हवाई भाडादर घट्यो (सुची सहित)

निजी हवाई सेवा प्रदायक कम्पनीहरुको छाता संगठन नेपाल वायुसेवा संघले आन्तरिक उडानको भाडा घटाएको छ। नेपाल आयाल निगमले हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ घटाएसँगै हवाई सेवा प्रदायक कम्पनीहरुले हवाई भाडामा रहने इन्धनको हिसामा फ्युल चार्ज’ रकम घटाएका हुन्।

आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट भाषणसँगै अर्थमन्त्री युवराज खतिवडाले हवाई इन्धनमा लगाउँदै आएको पूर्वाधार कर हटाउने निर्णय गरेका थिए। उक्त निर्णयसँगै नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ घटाएको थियो।

उक्त भाडा घटेसँगै हवाई सेवा प्रदायक कम्पनीहरुले केही समय अगाडि नै संस्थागत रुपमा भाडा घटाउने निर्णय गरेको थियो। सोही आधारमा संघले पनि भाडा घटाउने निर्णण गरेको छ। संघले न्यूनतम २ सय २५ रुपैयाँ देखि बढीमा ११ सय ५ रुपैयाँसम्म घटाएको थियो।

प्रकाशित : २०७७ जेठ २६ गते ७:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI