नेपालमा थप ३१४ मा कोरोना संक्रमण, संक्रमितको संख्या ३७६२ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २६ गते १९:१४
नेपालमा थप ३१४ मा कोरोना संक्रमण, संक्रमितको संख्या ३७६२ पुग्यो
corona

नेपालमा थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३१४ जनामा संक्रमण देखिएको हो। 

आज थपिएका ३१४ सहित नेपालमा संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए। 

नेपालमा हालसम्म ४८८ जना उपचारपछि निको भएका छन्। प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका ७१ जिल्लामा संक्रमण देखिएको छ।

प्रकाशित : २०७७ जेठ २६ गते १९:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI