नेपालमा असार १५ देखि दैनिक १० हजार पिसिआर जाँच हुन्छ: स्वास्थ्यमन्त्री

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २६ गते १९:२८
नेपालमा असार १५ देखि दैनिक १० हजार पिसिआर जाँच हुन्छ: स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले असार १५ बाट प्रत्येक दिन १० हजारको संख्यामा पिअिसार परीक्षण रिर्पोट दिने बताएका छन्। सोमबार प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै स्वास्थ्य मन्त्री ढकालले पिसिआरको परीक्षण दायरा बढाएर प्रतिदिन १० हजार जाँच हुने बताएका हुन्। 

उनले भने,‘ दिन दिनै सीमा कटेर आउने संख्या धेरै छ। हामीले असार १५ सम्म सातै प्रदेशमा ठूला मेसिन जडान गरी प्रत्येक दिन १० हजारको रिर्पोट दिने गरी तयारीमा लागेका छौँ।’ उनले परीक्षणको सवालमा नेपाल एसियामा राम्रो स्थानमा रहेको दाबी गरे। उनले केही दिनमा परीक्षणमा भुटानभन्दा राम्रो हुने उल्लेख गरे। 

सांसदहरुले कोरोना परीक्षण कम भएको, आरडिटीको गुणरीयतालगायतबारे प्रश्न उठाएका थिए। उनले आरडिटी परीक्षणलाई संक्रमण पत्ता लगाउन नभई स्क्रिनिङको लागि मात्र प्रयोग गरेको बताए।

प्रकाशित : २०७७ जेठ २६ गते १९:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI