चितवनकी एक नर्समा कोरोना संक्रमण पुष्टि

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २६ गते १९:३२
चितवनकी एक नर्समा कोरोना संक्रमण पुष्टि
corona

चितवनमा आज पुष्टि भएका ३० जना कोरोना संक्रमितमध्ये एकजना नर्स पनि रहेको पुष्टि भएको छ । उनी भरतपुर महानगरपालिका वडा नं. ४ की २१ वर्षीया रहेकी छन्। 

३० जनामध्ये दुई जना चिकित्सक पनि रहेका छन्। दुई जना  निजी अस्पतालमा कार्यरत भनिए पनि अस्पतालको नाम खुलाएको छैन्। 

आज भेटिएका ३० जनामा २३ जना चितवनका छन् भने अन्य बाहिरी जिल्लाका छन्। हिजो आइतबार करिव ३ सय जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा कतिपय स्वाबको परीक्षण बाँकी नै रहेको भरतपुर कोभिड अस्पतालले जनाएको छ ।

प्रकाशित : २०७७ जेठ २६ गते १९:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI