पत्रकार तिर्थराज भुसालको सम्झनामा रक्तदान सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २६ गते २१:३५
पत्रकार तिर्थराज भुसालको सम्झनामा रक्तदान सम्पन्न

नवलपुर एफ एम १०४.७ मेगाहर्जका संस्थापक प्रबन्ध निर्देशक स्व.तिर्थराज भुसालको ३३ जन्मजयन्तिको अवसरमा आयोजना गरिएको रक्तदानको कार्यक्रम ६० जनाले रक्तदान गरेका छन ।

११ जना महिला सहित ५० जना पुरुषले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी उप शाखा कावासोतीका सभापति बेद प्रसाद न्यौपानेले जानकारी दिनु भएको छ । नवलपुर एफएमको आयोजनामा हरेक बर्ष जेठ २६ गतेका दिन गरिदै आएको रक्तदान कार्यक्रम यस पटक भने सामाजिक दुरी कायम गर्दे नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोती फलफुल चोकमा आयोजना गरिएको थियो ।

 बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस को संक्रमण नियन्त्रणको लागि गरिएको लडडाउनको समयमा रगतको आवश्यकता अझ पर्ने सक्ने भन्दै सामाजिक दायित्व वहन गर्दे रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । बिगतका बर्षमा जस्तै यस बर्ष पनि स्व. भुसालको सम्झनामा रक्तदान कार्यक्रमको आयोजना गरि कसैले पनि रगतको अभाव जीवन गुमाउनु नपरोस भन्दै हरेक बर्ष रक्तदान गर्ने गरेको छ  ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोतीको प्रबिधिक सहयोग रहेको रक्तदान कार्यक्रममा मोनिका मेमिरियल ट्रष्टले सहयोग गरेको थियो । भुसालको स्मृतिमा पत्रकार तीर्थराज भुसाल स्मृति ट्रष्टको स्थापना गरेर बिभिन्न सामाजिक कार्यहरु सञ्चालन हुदै आएका छन । नवलपुरका सक्रिय पत्रकार भुसालको २०७४ सालको निर्वाचनमा रिपोटिङ्ग गरेर फर्किने क्रममा दाउन्नेमा मोटरसाइकल दुर्घटनामा परेर निधन भएको थियो ।

  नवलपुर एफ एमका अध्यक्ष नारायण शर्मामा अध्यक्षतामामा आयोजना गरिएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिब बालकृष्ण घिमिरे,नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोतीका सभापति बेद प्रसाद न्यौपाने,नेपाल महिला संघ नवलपुरका सचिब सस्स्वती तिमिल्सिना,नवलपुर एफ एमका संरक्षक यम प्रसाद भुसाल समाज सेवी  श्याम श्रेष्ठ,नवलपुर उद्योग बाणिज्य संघ नवलपुरका अध्यक्ष डासुराज पोख्रेल ,रोटरी क्वलब कावासोतीका अध्यक्ष बाबुराम कडेंल लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित : २०७७ जेठ २६ गते २१:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI