गैंडाकोटमा राष्ट्रिय जनमोर्चाद्वारा एमसिसीको विरोधमा प्रदर्शन

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २६ गते २१:४७
गैंडाकोटमा राष्ट्रिय जनमोर्चाद्वारा एमसिसीको विरोधमा प्रदर्शन

सुजन अधिकारी/गैंडाकोट
राष्ट्रिय जनमोर्चा तथा नेकपा मसाल, नवलपुरले प्रस्तावित एम सि सि सम्झौताको विरोधमा सोमबार हर्कपुरमा कोणसभा गर्‍यो । राष्ट्रघाती एमसिसि सम्झौता खारेज गर र अमेरिकी साम्राज्यवाद मुर्दावाद लगायतका नारा र प्लेकार्ड सहित एमासिसि सम्झौताको विरोधमा उत्रिएका उनिहरुले सिमामा भारतिय अतिक्रमणको समेत जोडदार विरोध गरेका थिए ।

सरकारले ५५ अर्बको लोभमा राष्ट्रघाती एमसिसि सम्झौता गर्न गई रहेको छ, देशलाई बन्धक बनाउने यसप्रकारको सम्झौताको राष्ट्रिय जनमोर्चाले जोडदार बिरोध गर्दछ – राजमो नवलपुरका अध्यक्ष दिपक पाण्डेले भन्नुभयो – ‘कोरोना बिरुद्धको लडाईलाई कसरी सफल पार्ने भन्ने कुरालाई पन्छाएर सरकारले साम्राज्यवादको अगाडी घुँडा टेक्दै आफ्नो सार्वभौमसत्ता र अखण्डतालाई धरौटी राख्ने काम गरेको आरोप लगाउनु भयो ।


एमसिसि सम्झौता बिरोधी कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल ट्रेड युनियन महासंघ (वनटुक) का उपाध्यक्ष सालिकराम सापकोटाले चिनलागायतका छिमेकीहरुको विरुद्धमा रणनीति बनाउन अमेरिकाले नेपाली भूमिको प्रयोगका लागि गर्नलागेको प्रष्ट पार्नुभयो । यसैगरी अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष सरस्वती पौडेलले नेपालमा आफ्नो साम्राज्यवाद लादनकोलागि फेरि एउटा षडयन्त्र गरिरहेको आरोप लगाउनुभयो ।

कोणसभालाई सम्बोधन गर्दै नेकपा मसाल, नवलपुरका प्रवक्ता लेखनाथ पौडेलले साम्राज्यवादीहरू प्रति लम्पसार पर्ने हाम्रै देशका सरकार चलाउनेहरुले जसरीपनि यसलाई (एमसिसि सम्झौतालाई) पास गर्र्ने खनीतिमा लागेको आरोप लगाउनुभयो । कार्यक्रमको सहजिकरण राष्ट्रिय जनमोर्चाका सल्लाहकार देवराज पौडेलले गर्नुभएको थियो ।

प्रकाशित : २०७७ जेठ २६ गते २१:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI