No ads found for this position

भरतपुर अस्पतालको आईसीयुमा एक कोरोना संक्रमितको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २७ गते ९:२०
No ads found for this position
भरतपुर अस्पतालको आईसीयुमा एक कोरोना संक्रमितको मृत्यु
No ads found for this position

भरतपुर अस्पतालको आईसीयूमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका एक संक्रमितको मृत्यु भएको हो।

उनको मंगलबार विहान ७ बजेर ६ मिनेट जाँदा मृत्यु अस्पतालले जनाएको छ। उनको शव भरतपुर अस्पतालको आईसीयूमै छ। शवको व्यवस्थापन कसरी गर्ने भन्ने निर्णय गर्न बाँकी नै रहेकोले प्याकिङको काम भएको छैन।

भरतपुर महानगरपालिका वडा नं. ११ का ६८ वर्षीय ती वृद्धलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा मुट र निमोनियाको समस्यासमेत थियो ।

जिल्ला प्रशासन कार्यालयको अनुमति विना नै क्रिटिकल अवस्थाका बिरामीलाई सारेको भन्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटटराईले आपत्ति जनाएका छन् । नारायणी सामुदायिक अस्पतालले सामान्य अक्सिजनको भरमा बिरामीलाई भरतपुर अस्पतालको आईसीयूमा सारेको थियो ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले आफूहरुले बिरामी नसार्न भन्दाभन्दै सारिएको बताए । मेसु तिवारीले बिरामी ल्याउँदा समेत सावधानी नअपनाएको बताए । नारायणी सामुदायिक अस्पतालको आईसीयूमा अन्य चार जना कोरोना संक्रमितसँगै राखिएका थिए ।

प्रकाशित : २०७७ जेठ २७ गते ९:२०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI