पिसिआरका लागि आवश्यक भिटिएम किन्दै कावासोती नगरपालिका

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २७ गते १४:१५
पिसिआरका लागि आवश्यक भिटिएम किन्दै कावासोती नगरपालिका

कावासोती । कोरोना भाइरस (कोभिड(१९) को संक्रमण सगै कोरना भाइरस जाँच गर्ने स्वाब संकलन किट ( VTM – Viral Transport Medium) प्रयाप्त मात्रमा संघिय र प्रदेश सरकारले उपलब्ध नगराए पछि कावासोती नगरपालिकाको विपत व्यवस्थापन समितिले स्वाब संकलन गर्ने किट VTM खरीद गर्ने निर्णय गरेको छ ।

कावासोती नगरपालिका का विभिन्न वडामा निर्माण गरीएको क्वारेन्टाइन मा बस्ने अधिकाशं व्यक्तिहरु कोरोना भाइरस संक्रमित क्षेत्रबाट आएको र सम्बन्धित निकाय ले उनीहरुको स्वाव संकलन गरी परीक्षण गर्न किट अभाव भएको जनाएपछि कावासोती नगरपालिका विपत व्यवस्थापन समितिले स्वाब संकलन किट खरीद गर्ने निर्णय गरेको समिति संयोजक तथा नगर उप प्रमुख प्रेमशंकर मर्दनियाले जानकारी दिए । मर्दनिया का अनुसार बैठकले नगरको क्वारेन्टाईनमा बसेका व्यक्तिहरुको स्वाव परीक्षण गर्न तत्काललाई १५० थान किट खरीद गर्ने निर्णय गरेको जानकारी दिए ।

विपत व्यवस्थापन समिति सदस्य तथा कावासोती वडा नं. ११ का वडा अध्यक्ष शारदा प्रसाद अधिकारीका अनुसार किट खरीदको जिम्मा सामाग्री खरीद समितिलाई दिने र खरीद गरीएको किटबाट स्वास्थ्य शाखा मार्फत PCR परीक्षण गर्ने जिम्मेवारी समेत तोकेको बताए ।

सोमबार मात्रै क्वारेन्टाइनमा बसेका ३० जनालाई आरडिटी गरेर घर पठाईए पछि स्थानीयहरु त्रसित भएका छ्न भने सामाजिक सन्जालमा यसको चर्को विरोध भएको थियो ।


१५० थान किटले तत्कालको लागी पुग्छ : स्वास्थ्य शाखा प्रमुख

कावासोती नगरपालिका स्वास्थ्य शाखा प्रमुखले तत्कालका लागी १५० थान स्वाब संकलन किटले पुग्ने कृष्ण नागीलाले जानकारी दिएका छन । हाल नगरपालिका भित्र रहेको क्वारेन्टाईनमा १३५ जना रहेकाले विपत व्यवस्थापन समितिले खरीद गर्ने भनेको किटले पुग्ने बताए ।

प्रमुख नागीलाले विभिन्न क्षेत्रबाट नगरवासीहरु आउने क्रम रहेकाले यसपछि आउने व्यक्तिहरुको स्वाव संकलन गर्न भने किट अभाव हुने बताए । उनका अनुसार हाल सम्म विभिन्न जिल्ला र छिमेकी मुलुकबाट ४१० जना आएका मध्ये ११३ जनाको PCR र २०८ जनाका RDT गरीएको बताउनुभयो ।


उहाँका अनुसार क्वारेन्टाईनमा बसेका व्यक्तिहरुको ५ देखी ७ दिन भित्र कोरोना भाइरस सम्वन्धि लक्षण देखीएमा पिसिआर र १४ दिन सम्म कुनैपनी लक्षण नदेखीएमा RDT गर्ने विश्व स्वास्थ्य संगठनको मान्यता र नेपाल सरकारको निर्णय अनुसारनै नगरपालिकाले क्वारेन्टाईनमा १४ दिन बसेका व्याक्तिहरुको RDT गरी घर पठाईएको बताए ।

प्रमुख नागीलाले संक्रमित देखीएका व्याक्ति सगै रहेका , एउटै सवारी साधनमा आएका र क्वारेन्टाईनमा बस्दा कोरोना भाईरस सम्वन्धि लक्षण देखीएका व्यक्तिहरुको भने PCR गरीएको बताउए ।

प्रकाशित : २०७७ जेठ २७ गते १४:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI