No ads found for this position

पछिल्लो २४ घण्टामा ३ सय २३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४०८५ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २७ गते १६:३०
No ads found for this position
पछिल्लो २४ घण्टामा ३ सय २३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४०८५ पुग्यो
No ads found for this position

काठमाडौं- नेपालमा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ३२३ जनामा संक्रमण देखिएको हो। 

आज थपिएका ३२३  सहित नेपालमा संक्रमितको संख्या ४ हजार ८५ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए। 

नेपालमा हालसम्म ५८४ जना उपचारपछि निको भएका छन्। पछिल्लो २४ घण्टामा ९६ जना डिस्चार्ज भएका हुन्। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७१ जिल्लामा संक्रमण देखिएको छ।

प्रकाशित : २०७७ जेठ २७ गते १६:३०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI