No ads found for this position

गैँडाकोटमा थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २८ गते ७:३७
No ads found for this position
गैँडाकोटमा थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ पुग्यो
corona
No ads found for this position

नवलपुरको गैँडाकोट नगरपालिकामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पतालमा गरिएको परिक्षण अनुसार गैँडाकोट नगरपालिका वडा नं. १३ र १४ का बर्ष २३ र २६ का पुरूषहरूमा कोरोना संक्रमणको पुष्टि भएको हो।

गैँडाकोट नगरपालिका वडा नं. १३ का बर्ष २३ का पुरूष भारतको गुजरातबाट गैँडाकोट आई जेठ १६ गते देखि आधारभुत जनशक्ति माविको क्वारेन्टाईनमा रहेका थिए। त्यस्तै वडा नं. १४ का बर्ष २६ का पुरूष भारतको मुम्बईबाट गेँडाकोट आई जेठ १५ देखि लक्ष्मी माविको क्वारेन्टाईनमा रहेको गैँडाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख झलक राज पौडेलले नवलपुर टाईम्सलाई बताउनुभयो।

संक्रमितहरूलाई रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा पठाईसकिएको पौडेलले जानकारी गराउनुभयो।

यो संगै गैँडाकोटमा संक्रमितको संख्या ४ पुग्यो भने नवलपुरमा संक्रमितको संख्या ३७ पुगेको छ। आज मात्रै देवचुली नगरपालिकामा एक जना पुरूषमा कोरोना संक्रमण देखिएको छ। गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४७ पुगेको छ ।

प्रकाशित : २०७७ जेठ २८ गते ७:३७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI