बालश्रम अन्त्यका लागि युवा नेतृत्व राष्ट्रिय सम्मेलन २०७७ को तयारी पुरा

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २८ गते १७:४०
बालश्रम अन्त्यका लागि युवा नेतृत्व राष्ट्रिय सम्मेलन २०७७ को तयारी पुरा

२८ जेठ । नेपालमा बालश्रम अन्त्यका लागि युवाहरुद्धारा सञ्चालन गरिने युवा नेतृत्व राष्ट्रिय सम्मेलन २०७७ को तयारी सकीएको आयोजकले बताएको छ । लकडाउनको कारणले गर्दा सामाजिक सञ्जालको मार्फत देशका ७ प्रदेशका १०० भन्दा बढी युवाहरुको सहभागिता हुने गरी सञ्चालन गर्न लागिएको कुरा राष्ट्रिय बाल संरक्षण सञ्जालका अध्यक्ष ऋतु भट्ट राईले बताउनुभयो ।

नेपालको संविधान ले बालबालिकाको हक अन्तर्गत कुनै पनि प्रकारको शोषण, जोखीमपूर्ण, खतराजन्य काममा लगाउन निषेध गरेको छ । बालबालिका सम्बन्धी ऐन २०७५ ले पनि बालबालिकाको आर्थिक, शारीरिक तथा मानसिक शोषण गर्न नपाईने सुनिश्चित गरेको छ ।

बालश्रम ऐन ( निषेध र नियमन ऐन २०५६ ) ले १४ वर्षमुनीका बालबालिकाहरुलाई कुनै पनि प्रकारको श्रममा र १४ देखी १८ मुनिकालाई जोखीमपूर्ण, खतराजन्य काममा रोजगारी निषेध गर्दछ ।

स्थानीय तहहरुबाट बालश्रम अन्त्यको लागि युवाहरुको क्षमता विकास र उनीहरुबाट प्रतिबद्धताको लागि स्वतन्त्रता अभियान नेपाल र ग्लोवल मार्च अगेन्ष्ट चाईल्ड लेवर लगायत बालबालिकाको क्षेत्रमा क्रियाशिल १० राष्ट्रिय सञ्जालहरु ( राष्ट्रिय बाल संरक्षण सञ्जाल, डयुकम अभियान, बालिका अधिकारका लागि राष्ट्रिय सञ्जाल, बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान, कन्सोर्टियम नेपाल, बालमैत्री स्थानीय शासन राष्ट्रिय मन्च, OP3 CRC Committee HRTMCC र समाहित शिक्षा मन्चको संयुक्त को आयोजनामा सो कार्यक्रमको आयोजना गरिएको कुरा बालमैत्री स्थानीय शासन राष्ट्रिय मन्चका संयोजक तिलोत्तम पौडेलले बताउनुभयो ।

जेठ ३० र ३१ गते २ दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा उद्घाटन समारोहमा नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री पार्वत गुरुङको उपस्थिती रहने कुरा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष नरेन्द्र डंगोलले बताउनुभयो ।

विभिन्न ५ वटा फरक फरक विषयहरुमा अनलाईनबाट अन्तरक्रिया र छलफल साथै प्यानल छलफल कार्यक्रम पश्चात समापन समारोहमा युवा सम्मेलन घोषणा पत्र २०७७ जारी गर्दै स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुको भुमिका समेत खोज्दै समग्र युवाहरुलाई आबद्ध गरी नेपालबाट बालश्रम अन्त्यको लागि कार्यहरु गरीने कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाले बताउनुभयो ।

यो कार्यक्रममा सहभागिताको लागि अनलाईनबाट फर्महरु संकलन गरी छनौट प्रक्रिया पुरा गरेका युवाहरुको सहभागिता रहने र यसमा कार्यक्रम सञ्चालक र विषयको बारेमा प्रस्तुतीकरण पनि युवाहरुबाट नै गराईन लागेकोले यो युवाहरुको नेतृत्वद्धारा युवाहरुको लागि सञ्चालन गरिएको नमुना कार्यक्रम हुने कुरा आयोजकले बताएको छ ।

प्रकाशित : २०७७ जेठ २८ गते १७:४०
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI