महालक्ष्मी इन्स्योरेन्सको सहयोगमा ट्रस्ट मार्फत बिपन्नलाई खाद्यान्न वितरण

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २८ गते १७:४८
महालक्ष्मी इन्स्योरेन्सको सहयोगमा ट्रस्ट मार्फत बिपन्नलाई खाद्यान्न वितरण

नारायण प्रभु/कावासोती
पुर्वी नवलपरासीको कावासोती १५ मा रहेका बिपन्न ३० घरपरिवारलाई खाद्यान्न बितरण गरिएको छ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी कावासोती ब्रान्चको सहकार्यमा मोनिका श्रेष्ठ मेमोरियल ट्रस्ट मार्फत खाद्यान्न समुदायमा हस्तान्तरण गरिएको हो। महालक्ष्मी लाइफ इन्स्योरेन्स कावासोती शाखाका प्रमुख मेघनाथ अधिकारी( माधब), सिनियर एजेन्सी मेनेजर बिमला सापकोटा, मोनिका श्रेष्ठ मेमोरियल ट्रस्टका  संस्थापक श्याम श्रेष्ठ, संरक्षक लालचन श्रेष्ठ सदस्य आस्था श्रेष्ठ,एम.डि.कंडेल,गोकुल कंडेल, प्रवीण पौडेल लगाएतको उपस्थितिमा खाद्यान्न बितरण गरिएको हो।

पछिल्लो समय मोनिका श्रेष्ठ मेमोरियल ट्रस्टका सामाजिक कार्यप्रती प्रभावित भएर विभिन्न संघ संस्था तथा देश विदेशबाट सहयोग आउने क्रम जारी रहेको छ।यदि कसैले पनि ट्रस्ट मार्फत समुदायमा सहयोग गर्न चाहनु हुन्छ भने संरक्षक लालचन श्रेष्ठको मोबाइल नम्बर ९८५७०४०८९० मा वा ट्रस्टको फेसबुक पेज “मोनिका श्रेष्ठ मेमोरियल ट्रस्ट” मार्फत सम्पर्क गर्न सकिने ट्रस्टले जनाएको छ।

प्रकाशित : २०७७ जेठ २८ गते १७:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI