मध्यविन्दुका १७ बर्षीय पुरूष सहित गण्डकी प्रदेशका ३७ जनामा कोरोना संक्रमण पुष्टि

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ३० गते ७:०४
मध्यविन्दुका १७ बर्षीय पुरूष सहित गण्डकी प्रदेशका ३७ जनामा कोरोना संक्रमण पुष्टि
corona

गण्डकी प्रदेशका चार जिल्लामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा शुक्रबार बिहान ६:१५ बजे जारी सूचना अनुसार पर्वतमा १३ जना, स्याङ्जामा २२ जना, तनहुँमा १ जना, नवलपुरको मध्यविन्दुका १७ बर्षीय एक पुरूषमा संक्रमण पुष्टि भएको हो। नवलपुरको मध्यविन्दुका १७ बर्षीय पुरूष वडा नं. ११ का रहेको र उनी भारतबाट आई क्वारेन्टाईनमा रहेका थिए। उनलाई जिल्ला स्थित आईसोलेसनमा लैजाने तयारी भैरहेको मध्यविन्दु नगरपालिका नगर प्रमुख चन्द्रबहादुर रानाले नवलपुर टाईम्सलाई बताउनुभयो।

योसँगै गण्डकी  प्रदेशमा मात्रै कोरोना संक्रमितको संख्या १ सय ८८ पुगेको छ। नेपालभर संक्रमितको संख्या ४६ सय ५१ पुगेको छ

प्रकाशित : २०७७ जेठ ३० गते ७:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI