पछिल्लो २४ घण्टामा ४४८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितहरूको संख्या ५०६२ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ३० गते १६:३२
पछिल्लो २४ घण्टामा ४४८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितहरूको संख्या ५०६२ पुग्यो
corona

नेपालमा थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४४८ जनामा संक्रमण देखिएको हो। 

आज थपिएका ४४८ सहित नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए। नेपालमा हालसम्म ८६१ जना उपचारपछि निको भएका छन्। 

प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ।

प्रकाशित : २०७७ जेठ ३० गते १६:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI