गैँडाकोटमा ८ बर्षीया बालिका बलात्कृत

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ३० गते १७:०५
गैँडाकोटमा ८ बर्षीया बालिका बलात्कृत

प्रकाश भण्डारी, गैँडाकोट

नवलपुरको गैँडाकोटमा ८ बर्षीया बालिका बलात्कृत भएकी छन्।

बुधबार बेलुका अन्दाजी ६:३० बजेको समयमा गैँडाकोट नगरपालिका वडा नं. १० पितौँजीमा रहेको घरमै निज बालिका बलात्कृत भएकी हुन।  

ईलाका प्रहरी कार्यालय गैँडाकोटबाट खटिएको टोलिले बर्ष २८ का युवकलाई घटनास्थलबाटै पक्राउ गरेको छ।

बुधबार बेलुका ६:३० बजेको समयमा बालिकालाई करणी गरेको आरोपमा सोही वडा नं. १० बस्ने ईन्द्र पन्तलाई प्रहरीले पक्राउ गरेको छ।

पीडित बालिका घरमा आमा नभएको हुँदा हाल बाबुसँगै बस्दै आएकी थिईन। निज युवकले मादक पदार्थ सेवन गरी बालिकालाई बलत्कार गरेको खुलेको छ।

निज व्यक्ति उपर नवलपुर जिल्ला अदालतमा जवरजस्ती करणी सम्बन्धी कसुरमा १० दिनको म्यादथप अनुमति लिई आबश्यक अनुसधान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख चन्द्र बहादुर थापाले नवलपुर टाईम्सलाई बताउनुभयो।

बालिकालाई बुधबारनै स्वास्थ्य परिक्षणका लागि भरतपुर अस्पताल लगिएको र रिपोर्ट आई नसकेको ईलाका प्रहरी कार्यालय गैँडाकोट जनाएको छ।

प्रकाशित : २०७७ जेठ ३० गते १७:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI