बिनयी त्रिवेणी गाँउपालिकाद्धारा ५० प्रतिशत अनुदानमा कृषकलाई हाते ट्याक्टर बितरण

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ३० गते १७:४२
बिनयी त्रिवेणी गाँउपालिकाद्धारा ५० प्रतिशत अनुदानमा कृषकलाई हाते ट्याक्टर बितरण

नवलपुर जिल्लाको बिनयी त्रिवेणी गाँउपालिकाले व्यवसायिक कृषकलाई हाते ट्याक्टर बितरण गरेको छ।

बिनयी त्रिवेणी गाउँपालिका कृषि बिकास शाखाको आ.व २०७६/०७७ बार्षिक स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत लागतमा ११ जना व्यवसायिक कृषकहरुलाई हाते ट्याक्टर बितरण गरेको गाउँपालिका कृषि शाखाका प्राविधिक मनोज चापागांईले बताउनुभयो।

विनयी त्रिवेणी गाँउपालिकाले श्रम र समयको बचत गर्दे सीमित जनशक्तिबाट कृषि कार्यका लागि सहज होस भन्दै हाते ट्याक्टर बितरण गरिएको गाँउपालिकाका अध्यक्ष डम्बर बहादुर जिसिले बताउनुभयो।

प्रकाशित : २०७७ जेठ ३० गते १७:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI