No ads found for this position

मध्यबिन्दुका थप एक पुरूषमा कोरोना संक्रमण पुष्टि, नवलपुरमा संक्रमितको संख्या ४३ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ३१ गते ७:३५
No ads found for this position
मध्यबिन्दुका थप एक पुरूषमा कोरोना संक्रमण पुष्टि, नवलपुरमा संक्रमितको संख्या ४३ पुग्यो
corona
No ads found for this position

प्रकाश भण्डारी, गैँडाकोट नवलपुर

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा शनिबार बिहान जारी सूचना अनुसार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

नयाँ संक्रमितहरु पर्वतका चार र नवलपुरका एकजना रहेका छन्।  यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ।

पर्वतको कुश्मा नगरपालिकाका ६ वर्षका एक जना बालक (पुरुष) र बर्ष १७ वर्षका एक जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ।

पर्वतकै जलजला गाउँपालिकाका १७ वर्षका एक जना पुरुष र महाशिला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहनुभएका १६ वर्षका एक जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै, नवलपुरको मध्यविन्दु न.पा वडा नं. १३ का ४५ बर्षीय पुरूषमा कोरोना संक्रमणको पुष्टि भएको छ। मध्यविन्दु वडा नं. १३ का पुरूष भारतबाट नेपाल आई वडा नं. ११ को क्वारेन्टाईनमा बसेका थिए। निजलाई रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसनमा लैजाने तयारी भैरहेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले नवलपुर टाईम्सलाई बताउनुभयो।

योसँगै नवलपुर जिल्लामा कोरोना संक्रमितहरूको संख्या ४३ पुगेको छ।  नेपालमा भने कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ हजार ६७ पुगेको  छ।

प्रकाशित : २०७७ जेठ ३१ गते ७:३५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI