सुदूरपश्चिममा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५३९९ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ३१ गते १८:१४
सुदूरपश्चिममा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५३९९ पुग्यो
corona

शनिबार सुदूरपश्चिममा थप ६४ जना नयाँ कोरोना संक्रमित पुष्टि भएका छन्। सेती प्रादेशिक अस्पतालको प्रयोगशालाले शनिबार साँझ ५ बजे विज्ञप्ति जारी गर्दै प्रदेशको कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बझाङका जिल्लामा गरी ६४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो।

यीमध्ये सबैभन्दा बढी डडेल्धुरामा २४, कञ्चनपुरमा २१, कैलालीमा ११, बझाङमा पाँच र डोटीमा तीन जनामा कोरोना पुष्टि भएको जनाइएको छ। योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ५५ पुगेको छ।

यसअघि प्रदेशमा सोमबार पनि ३७ जना कोरोना संक्रमित पुष्टि भएका थिए। सोमबारभन्दा २७ जना बढी शनिबार संक्रमित पुष्टि भएका हुन्। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ९९ पुगेको छ। यसअघि दिउँसो ४ः१५ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले ५ हजार ३ सय ३५ जना पुगेको जानकारी दिएका थिए। त्यसबेला उनले सुदुरपश्चिमा साँझ ५ बजे पुष्टि भएका ६४ संक्रमितको तथ्यांक समावेश गरेका थिएनन्। 

प्रकाशित : २०७७ जेठ ३१ गते १८:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI