No ads found for this position

अमरापुरीमा युवाहरुको प्रदर्शन,राष्ट्रिय मुद्दामा दलहरुबिच भएको एकताको स्वागत,भ्रष्टाचारको बिरोध

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ३१ गते २१:२७
No ads found for this position
अमरापुरीमा युवाहरुको प्रदर्शन,राष्ट्रिय मुद्दामा दलहरुबिच भएको एकताको स्वागत,भ्रष्टाचारको बिरोध
No ads found for this position

अजय पौडेल / जेठ ३१
पछिल्लो समय सरकारले गरेका गतल कामहरूको बिरोध र राष्ट्रिय मुद्दामा दलहरूको एकताको समर्थन गर्दै आज गैंडाकोटको अमरापुरीमा युवाहरुले प्रदर्शन गरेका छन ।

कोरोना नियन्त्रणमा सरकार असफल भएको तथा अन्य विभिन्न भ्रष्टाचारमा सरकार लागेको भन्दै बिरोध गरिएको हो । साथै नयाँ नक्सा जारी गर्ने ऐतिहासिक कदमको स्वागत गर्दै दिप प्रज्वलन गरिएको कार्यक्रम संयोजक सतिस न्यौपानेले जानकारी दिनुभयो ।

युवाहरू बिरोध गर्न मात्र नभई सरकारले गरेका राम्रो कामको समर्थन गर्न पनी सडकमा आउने “सफा सुन्दर हरियाली निरन्तर शनिबार अभियान” का संयोजक तथा सामाजिक अभियन्ता गणेश सापकोटाले बताउनुभयो । सापकोटाले २०६२/६३ को जन आन्दोलन स्मरण गर्दै कोरोना नियन्त्रणमा खर्च विवरणको पारदर्शिता मा प्रश्न गर्नुभयो ।

कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता राजेश पौडेलले पिसिआर परिक्षणको मेसिन किन्न छाडेर सरकारका मन्त्रीहरु भ्रष्टाचारमा लिप्त रहेको बताउदै परिक्षणको दायर बढाउन माग गर्नुभयो । कोरोनाको त्रास रहदारहदै पनि सरकारका गलत कामहरु टुलुटुलु हेरेर बस्न नसकेकोले आफुहरु सडकमा आउन बाध्य भएको पौडेलको भनाइ रहेको छ ।

यद्यपि सरकारले गरेका सकारात्मक कामहरुको भने आफुहरुले प्रशंसा गरेको पौडेलले बताउनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै गैंडाकोट वडा नम्बर २ का वडा सदस्य प्रकाश सापकोटाले सरकारले यसैगरी जन बिरोधि कार्यहरु गरे युवा चुप लागेर नबस्ने बताउदै सरकार यो बिषयमा सच्चिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा गैंडाकोटका विभिन्न क्षेत्रका युवाहरुको उल्लेख सहभागिता रहेको थियो ।

प्रकाशित : २०७७ जेठ ३१ गते २१:२७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI