देवचुलीमा थप २ जनामा कोरोना संक्रमण, : संक्रमितको संख्या नवलपुरमा ४४ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ३२ गते ८:२८
देवचुलीमा थप २ जनामा कोरोना संक्रमण, : संक्रमितको संख्या नवलपुरमा ४४ पुग्यो

नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय द्वारा आइतबार बिहान प्रकाशित सूचना अनुसार थप दुई जनामा संक्रमण पुष्टि भएको हो। सूचना अनुसार, नवलपरासी पूर्व देवचुली नगरपालिकाका वडा नं ६ का २३ र वडा नं ७ का ३२ वर्षका दुई जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो।  संक्रमितहरुलाई जिल्लाकै रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको सूचनामा उल्लेख छ।  यससँगै जिल्लामा संक्रमितको संख्या ४२ र गण्डकी प्रदेशमा कोरोना १९९ पुगेको छ। नेपालभर भने ५ हजार ४ सय १ जनामा संक्रमण पुष्टि भएको छ।

प्रकाशित : २०७७ जेठ ३२ गते ८:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI