विद्यार्थीका लागि “सिकाइमा सहजीकरण” पुस्तक सार्वजनिक

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ३२ गते ९:२९
विद्यार्थीका लागि “सिकाइमा सहजीकरण”  पुस्तक सार्वजनिक

सुजन अधिकारी/गैंडाकोट
गैंडाकोट नगरपालिकामा रहेको सामाजिक बिकास तथा अनुसन्धान केन्द्र-नेपालले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने उदेश्यका साथ “सिकाइमा सहजीकरण” पुस्तक प्रकाशनमा ल्याएको छ।


शुक्रबार एक कार्यक्रम का बिच गैंडाकोट नगरपालिका का प्रमुख छत्रराज पौडेलले “सिकाइमा सहजीकरण” नामक पुस्तक सार्वजनिक गरेका छन । पुस्तक सार्वजनिक गर्दै पौडेलले शिक्षण सिकाइ प्रक्रियामा प्रविधिका साधनको प्रयोगबाट शिक्षकको शिक्षणलाई विद्यार्थी सामु पुर्याउनका लागी सिकाइमा सहजीकरण गर्न र विद्यार्थीको सिकाइ दिगो बनाउन सहयोग गरेको मा पौडेलले संस्था लाई धन्यवाद दिएका छन् ।


कोभिड–१९ को महामारीबाट उत्पन्न विषम परिस्थितिबाट लम्बिएको लकडाउनको कारणले महिनौँ दिनसम्म ठप्प रहेको बालबालिकाको पठनपाठन कार्यलाई निरन्तरता दिन र घरायसी कामकाज र संस्कृति को जानकारी दिनका लागी यो पुस्तक प्रकाशनमा ल्याइएको संस्था का अध्यक्ष प्रेम गुरुङले बताएका छन् ।

यो पुस्तक भित्र सरसफाइ र सिकाइ,घरकम्पाउडभित्रका खेल,बालबालिका को बिकास र सिकाइ , फुलबारीको काममा संलग्नता र सिकाइ, खेतबारीको काम र सिकाइ,बैठक कक्ष र सिकाइ लगाएतका वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण का लागि पुस्तकभित्र शब्द र चित्र मार्फत जानकारी दिइएको छ । प्राथमिक शिक्षा बिज्ञ गोपाल प्रसाद भण्डारीले लेखेको उक्त पुस्तक का लागि भिम प्रसाद शर्माले चित्र बनाएका छन ।


सामाजिक बिकास तथा अनुसन्धान केन्द्र-नेपाल ले प्रकाशन मा ल्याएको”सिकाइमा सहजीकरण” पुस्तक र सार्वजनिक कार्यक्रमको संयोजन सस्थाका पुर्व अध्यक्ष गोबिन्द सुबेदीले गरेका थिए ।

प्रकाशित : २०७७ जेठ ३२ गते ९:२९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI