वडा अध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नबनाउन सर्वोच्चको अन्तरिम आदेश

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ३२ गते २१:३४
वडा अध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नबनाउन सर्वोच्चको अन्तरिम आदेश
?????????????????????????????????????????????????????????

वडा अध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले गैंडाकोट नगरपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेस जारी गरेको छ ।

टिकाराम ओझा निवेदक रहेको रिटको गत जेठ २८ गते सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिहंको एकल ईजलासले गत वैशाख २४ गते नगरपालिकाको शिक्षा समितिको निर्णय कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेस जारी गरेको हो ।

सर्वोच्चको आदेश

गत वैशाख २४ गते गैंडाकोट नगरपालिकाले शिक्षा समितिले वडा अध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको जिम्मेवारी दिने भनी गरेको निर्णय कार्यान्वयन गर्न विद्यालयलाई पत्राचार गरेको थियो ।

नगरपालिका ले विद्यालयलाई वैशाख २४ गते पठाएको पत्र

” आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने आधार र कारण भए सो समेत साथै राखी आदेश प्राप्त भएको १५ दिन भित्र आफै वा कानूनी प्रतिनिमिार्फत लिखित जवाफ पेश गर्नु” आदेश सर्वोच्चको आदेशमा भनिएको छ ।

यस अघि नेपाली काङ्ग्रेस गैंडाकोट नगर समिती , नेपाल शिक्षक संघ नवलपुर, नेविसंघ नवलपुर र गैंडाकोट तथा नगर उपप्रमुख सहित ६३ जनाको जनप्रतिनिधिले विभिन्न समयमा शिक्षा समितिको निर्णय कार्यान्वयन नगर्न ज्ञापनपत्र बुझाएका थिए भने नगरप्रमुख छत्रराज पौडेलले कुनै हालतमा पनि निर्णय कार्यान्वयन हुने बताएका थिए ।

प्रकाशित : २०७७ जेठ ३२ गते २१:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI