तनहुँमा ५ जनामा कोरोना संक्रमण पुष्टि, गण्डकीमा संक्रमितको संख्या २०४ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १ गते ६:१६
तनहुँमा ५ जनामा कोरोना संक्रमण पुष्टि, गण्डकीमा संक्रमितको संख्या २०४ पुग्यो
corona

नेपालमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा सोमबार बिहान ५:४५ मा प्रकाशित सूचना अनुसार तनहुँमा पाँच जनामा संक्रमण पुष्टि भएक हो।

‘गण्डकी प्रदेश, तनहुँ जिल्ला, घिरिंङ गाउँपालिका स्थायी ठेगाना भई सोही गाउँपालिकाको क्वारेन्टाइनमा रहनुभएका वर्ष ४५, २२, २७, २७, र ४६ का ५ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ’, सूचनामा भनिएको छ।

संक्रमितहरुलाई जिल्लाकै शुक्लागण्डकी नगरपालिकामा रहेको जिपी कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसन कक्षमा लगिएको सूचनामा भनिएको छ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०४ पुगेको छ भने देशभर ५ हजार ७ सय ६५ पुगेको छ। नेपालमाा ७३ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ। १९ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित : २०७७ असार १ गते ६:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI