नवलपुरमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि , जिल्लामा संक्रमितको संख्या ४९ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २ गते ६:४२
नवलपुरमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि , जिल्लामा संक्रमितको संख्या ४९ पुग्यो

कावासोती । नवलपुरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार भरतपुर कोभिड १९ परीक्षण प्रयोगशलामा हिजो भएको परिक्षणमा कावासोती नगरपालिका वडा नं. ३ का ३७ बर्षका पुरुषमा कोभिड १९ को संक्रमण फेला परेको हो । 

यस्तै, पोखरामा भएको परिक्षणमा मध्यबिन्दु १० का १९ बर्षका एक किशोरमा र बिनयी त्रिबेणी वडा नम्वर २ का १८ बर्षका किशोरमा समेत संक्रमण देखा परेको छ । 

यो सँगै जिल्लामा संक्रमितको संख्या ४९ पुगेको छ । संक्रमित सबै भारत बाट आएर क्वारेन्टाइनमा बसेका जिल्ला स्वास्थ्य कार्यालय ले जनाएको छ ।

प्रकाशित : २०७७ असार २ गते ६:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI