नेपालमा थप १ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २० पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार ३ गते ६:३५
नेपालमा थप १ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २० पुग्यो
corona

बाँकेमा कोरोना भाइरस (कोभिड १९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो । 

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा उपचारको क्रममा सोमबार साँझ साढे ६ बजेतिर निधन भएकी ती महिलाको मंगलबार ८ बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएको हो । 

उनी ३० जेठमा अस्पतालमा भर्ना भएकी थिइन्। यसअघि बाँके जिल्लामा ४ जेठमा नरैनापुर गाउँपालिका ५ का २५ वर्षका युवाको कोरोनाबाट मृत्यु भएको थियो । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।  

प्रकाशित : २०७७ असार ३ गते ६:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI