नेपालमा थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७१७७पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार ३ गते १६:२६
नेपालमा थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७१७७पुग्यो
corona

विगत २४ घण्टायता नेपालमा थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यी मध्ये ४० जना महिला हुन् भने ५ सय ४६ जना पुरुष हुन्।  

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या ७१७७ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए। 

प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ। नेपालमा बुधबारसम्म २० जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित : २०७७ असार ३ गते १६:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI