No ads found for this position

वडाध्यक्ष श्रेष्ठको पहलमा नगरपालिकालाई भिटिएम र पिपिई सहयोग

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार ३ गते २२:३५
No ads found for this position
वडाध्यक्ष श्रेष्ठको पहलमा नगरपालिकालाई भिटिएम र पिपिई सहयोग
No ads found for this position

कावासोती : नवलपुरको कावासोती नगरपालिका वडा नम्बर ३ का अध्यक्ष अमृतकुमार श्रेष्ठको पहलमा नगरपालिकालाई पिसिआर कीट र पिपिआर बुधबार हस्तान्तरण गरिएको छ ।

श्रेष्ठले ३ थान पिपिआई र ७५ थान भिटिएम नगर प्रमुख चन्द्राकुमारी पुनलाई हस्तान्तरण गर्नुभएको हो । बिदेशमा रहेका कावासोती नगरबासीले सो स्वास्थ्य सामाग्री वडाध्यक्ष श्रेष्ठ मार्फत नगरपालिकालाई सहयोग गरेका थिए ।


कावासोती ३ घर भई हाल साईप्रस बस्ने कमलादेबी श्रेष्ठले ५० थान पिसिआर कीट , कावासोती ३ घर भई हाल जापान बस्ने जनकराज कंडेलले २५ थान पिसिआर कीट र कावासोती ५ घर भएका हाल मलेसिया बस्ने टिकाराम भण्डारीले ३ थान पिपिई सहयोग गरेका थिए ।

क्वारेन्टाइनमा रहेकोहरुको पिसिआर परीक्षणका लागि नगरपालिकाले भिटिएम अभाव भएको कारण देखाउँदै पिसिआर नै परीक्षण नगरी घर पठाउन थाले पछि स्वाब संकलन गर्ने किट भिटिएम हस्तान्तरण गरेको अध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित : २०७७ असार ३ गते २२:३५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI