ब्रेकिङ्ग : नवलपुरमा थप १३ जनामा कोरोना संक्रमणको पुष्टि , जिल्लामा संक्रमितको संख्या ९७ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार ४ गते ९:१६
ब्रेकिङ्ग : नवलपुरमा थप १३ जनामा कोरोना संक्रमणको पुष्टि , जिल्लामा संक्रमितको संख्या ९७ पुग्यो

कावासोती । नवलपुरमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

प्रादेशिक प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा जिल्लाको हुप्सेकोट गाउँपालिकाका ९ जना र विनयी त्रिवेणि गाउँपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज बिहान मात्रै मध्यविन्दु नगरपालिकामा १७ र गैंडाकोट नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको थियो ।

जिल्लामा आज मात्रै ३१ जनामा संक्रमण पुष्टि भएको छ ।

यो सँगै हुप्सेकोटमा ३२ जना , विनयी त्रिवेणि मा १० र जिल्लामा संक्रमितको संख्या ९७ पुगेको छ ।

प्रकाशित : २०७७ असार ४ गते ९:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI