बिनयीत्रिवेणी गाउँपालिकाका २ सहित गण्डकी प्रदेशमा २४ जनामा कोरोना पुष्टि

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार ५ गते ८:४२
बिनयीत्रिवेणी गाउँपालिकाका २ सहित गण्डकी प्रदेशमा २४ जनामा कोरोना पुष्टि
corona

नवलपुरमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार पोखरामा भएको स्वाव परिक्षणमा बिनयीत्रिवेणी गाउँपालिका वडा नं. ३ का बर्ष २० र २८ का दुई पुरूषमा कोरोना पुष्टि भएको हो।

यो सहित बिनयीत्रिवेणी गाउँपालिकामा कोरोना संक्रमितहरूको संख्या १२ पुगेको छ।

यो सँगै नवलपुर जिल्लामा संक्रमितको संख्या ९९ पुगेको छ। संक्रमित सबै भारत बाट आएर क्वारेन्टाइनमा बसेको र सबैलाई देवचुलीको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा लैजाने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशब प्रसाद चापागाँईले बताउनुभयो ।

यस्तै, पोखरामा भएको स्वाव परिक्षणमा बाग्लुङका मात्रै १४ जनामा कोरोना संक्रमण देखिएको छ। सो जिल्लाका गल्कोट नगरपालिकामा ८ र काठेखोला गाउँपालिकामा मात्रै ६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै कास्कीमा ६ र स्याङ्जामा २ जनामा संक्रमण पुष्टि भएको छ।

यो सहित गण्डकी प्रदेशमा ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले जनाएको छ।

प्रकाशित : २०७७ असार ५ गते ८:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI