निमुखा जनताको आवाज उठाउँदा विरोध हुन्छ भने म सधैं विरोध गरिरहन्छु : सांसद लामिछाने

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार ५ गते १७:११
निमुखा जनताको आवाज उठाउँदा विरोध हुन्छ भने म सधैं विरोध गरिरहन्छु : सांसद लामिछाने

नेपाली काङ्ग्रेसका सांसद विष्णुप्रसाद लामिछानेले आदिवासी, जनजाति, दलित, महिला र निमुखाको पक्षमा आवाज उठाउदा विरोध ठानिन्छ भने आफुले सधै विरोध गरिरहने बताएका छ्न । गण्डकी प्रदेशसभामा आगामी आवकाे बजेट माथिकाे छलफलका क्रममा बोल्दै कांग्रेस सा‌ंसद लामिछानेले यस्तो बताएका हुन ।


प्रतिपक्ष दलले सरकारलाई पिसिआरको दायरा बढाउन, सुकुम्बासीलाई जमिनको व्यवस्था गर्न, प्रदेशलाई आत्मनिर्भर बनाउन, भन्दै सुझाव दिईएको सुझावलाई सरकारले रद्दीको टोकरीमा फालेको लामिछानेको आरोप थियो ।


“प्रदेशका जनतालाई भोकै नमारौं, खाद्य बैंक बनाऊँ भन्यौं । के यसो भन्नु प्रतिपक्षले गरेको विरोध हो ? जनताका भावनालाई समेट्नुपर्छ भन्ने हाम्रो सोच हो । कोरला, पोखरा दुम्कीबास, त्रिवेणी सडक भन्यौं तर फेरि अरुणखोलासम्मको कुरा मात्रै आएको छ । त्यो सुझावअनुसार खै कार्यक्रम ? यस्तो लाग्छ, अब त छलफलै नगरे हुने भएको छ । जे आउँछ मजाले पचाउँछ भनेर जाऊँ । छलफलै नगरौं ।” – लामिछानेले संसदमा बोल्दै भनेका छ्न ।

प्रकाशित : २०७७ असार ५ गते १७:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI