नवलपुरमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि , जिल्लामा संक्रमितको संख्या ११६ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार ६ गते ७:१३
नवलपुरमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि , जिल्लामा संक्रमितको संख्या ११६ पुग्यो

कावासोती । नवलपुरमा शनिबार बिहान १७ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंका अनुसार भरतपुर प्रयोगशालामा भएको परिक्षणमा ५ जना संक्रमित भेटिएका छन् । भरतपुरमा गरिएको परिक्षणमा   देवचुलीका २ जना, मध्यबिन्दुका २ जना र विनयी त्रिबेणीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पोखरामा गरिएको परीक्षणमा बुलिङटारका ११ जना संक्रमण पुष्टि भएको चापागाईंले बताए ।

त्यसैगरी काठमाण्डौको प्रयोगशालामा भएको नमुना जाँचमा बौदीकालीका १ जनामा संक्रमण देखिएको छ। यो सँगै जिल्लामा संक्रमितको संख्या ११६ पुगेको छ ।

प्रकाशित : २०७७ असार ६ गते ७:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI