No ads found for this position

गैंडाकोटका १ जना सहित गण्डकी प्रदेशमा १९ जना कोरोना संक्रमित थपिए

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार ७ गते १४:१८
No ads found for this position
गैंडाकोटका १ जना सहित गण्डकी प्रदेशमा १९ जना कोरोना संक्रमित थपिए
No ads found for this position

कावासोती । नवलपुरको गैंडाकोट नगरपालिका १८ वर्षीय एक जना पुरुष सहित गण्डकी प्रदेशमा थप १९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्याङ्जामा १०, बागलुङमा ५, कास्कीमा २, तनहुँमा १ जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

कास्कीका २ संक्रमित मध्ये १ पोखरा महानगरका ४० वर्षे पुरुष र अर्का संक्रमित मादी गाउँपालिकाका १९ वर्षे पुरुष हुन् ।

स्याङ्जाका संक्रमित ६ जना चापाकोट नगरपालिकाका, ४ जना गल्याङ नगरपालिकाका हुन् ।

बागलुङका संक्रमित मध्ये गलकोट नगरपालिकाका ३ जना, बडिगाड गाउँपालिका र जैमिनी नगरपालिका का १/१ जना छन् ।

तनहुँका संक्रमित व्यास नगरपालिका का हुन् । आज बिहान मात्रै गण्डकी प्रदेशका ४ जिल्लाका १६ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय २३ पुगेको छ ।

प्रकाशित : २०७७ असार ७ गते १४:१८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI