No ads found for this position

सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनबाट ७ कोरोना संक्रमित डिष्चार्ज

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार ८ गते १७:४०
No ads found for this position
सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनबाट ७ कोरोना संक्रमित डिष्चार्ज
No ads found for this position

प्रकाश भण्डारी, गैँडाकोट

नवलपुरको देवचुली नगरपालिका स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनबाट आज ७ जना निको भई घर फर्किएका छन्।

सामुदायिक प्राकृतिक चिकित्सालयमा कोभिड-१९ पोजेटिभ देखिई आइसोलेसनमा भर्ना भई बसेका उनीहरूलाई आज दिउसो २ बजे डिष्चार्ज गरिएको प्रेस बिज्ञप्तिमा उल्लेख छ।

भरतपुर अस्पतालको प्रयोगशालामा पठाईएको स्वाब परिक्षण रिपोर्टमा नतिजा नेगेटिभ देखिएसँगै उनीहरू डिष्चार्ज भएका हुन। उनीहरूको दोस्रो स्वाब रिपोर्ट पनि नेगेटिभ आएपश्चात डिष्चार्ज गरिएको हो।

कोभिड-१९ जितेर घर फर्किएका हरूमा गैँडाकोट नगरपालिका वडा नं. ७ का ३३ बर्षीय पुरूष, देवचुली नगरपालिका वडा नं. ६ का २३ बर्षीय पुरूष, कावासोती नगरपालिका वडा नं. १ का २१ र ४० बर्षीय पुरूष, बौदीकाली गाउँपालिका वडा नं. ४ का ३० र ३२ बर्षका पुरूष र बिनयी त्रिवेणी गाउँपालिका वडा नं. ४ का ३३ बर्षीय १ पुरूष सहित ७ जना रहेका छन्।

साथै मध्यबिन्दु जिल्ला अस्पताल कोभिड-१९ अस्थायी अस्पताल सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा भर्ना भई बसेका अन्य सबै व्यक्तिहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बिज्ञप्तिमा जनाईएको छ।

सामुदायिक प्राकृतिक चिकित्सालय सँग सम्बन्धित अन्य समाचार

प्रकाशित : २०७७ असार ८ गते १७:४०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI