नागरिकता विवादबारे गगन थापाको तर्क : समानता भए समयावधिले फरक पार्दैन

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १० गते १४:४४
नागरिकता विवादबारे गगन थापाको तर्क : समानता भए समयावधिले फरक पार्दैन

काठमाडौं । विदेशी बुहारीलाई दिइने अङ्गिकृत नागरिकताको विषयलाई लिएर अहिले सदनदेखि सडकसम्म विभिन्न वहस चलिरहेको छ ।अहिले अङ्गिकृत नागरिकतालाई लिएर पक्ष-विपक्षमा चर्का वहस चलिरहेका छन् । नागरिकताका विषयमा वहस र विवाद बढिरहेका बेला नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले फरक धारणा राखेका छन् ।

नेता थापाले नागरिकतासम्बन्धी नयाँ कानून महिला र पुरुषमा समान हुनुपर्ने बताएका छन् । बुधबार सामाजिक संजाल मार्फत आफ्ना धारणाहरु सार्वजनिक गर्दै उनले कानूनमा समानता भए समयावधिले फरक नपार्ने बताएका छन् ।

‘संविधानमा नागरिकता का विषयमा गरिएको व्यवस्थालाई अध्ययन र मनन् गर्नुपर्छ’ उनले भनेका छन्, ‘विदेशीलाई अंगिकृत नागरिकता दिने विषयमा महिला र पुरुषमा विभेदकारी कानून बनाइनु मौलिक हक अन्तर्गत समानताको हकको वेवास्ता गर्नु हो ।’ ‘संविधानमा नेपाली पुरुषले विदेशी महिला विवाह गरे उनीले अंगिकृत नागरिकता पाउने छिन भने नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गरेर जीवनभर नेपालमै बसोबास गर पनि ती विदेशी पुरुषले अंगिकृत नागरिकता पाउँदैनन् ।’ थापाले भनेका छन्,

‘विगतमा समानतामा मुद्दामा आफू अगाडि रहेको दावी गर्ने नेकपा नेतृत्व, समानता र स्वतन्त्रता सहितको लोकतन्त्रका लागि लडेको भन्ने कांग्रेस नेतृत्व, अनि समानाता र आत्मसम्मान कै आवाज उठाएको मान्ने जसपाको नेतृत्व, प्रधानमन्त्रीदेखि प्रमुख प्रतिपक्षी दलका नेतासम्म, नेकपा, नेका, जसपा हामी सबैले एक पटक सोचौं, आफैंले बनाएको संविधानमा लेखेको सारभूत समानतालाई सम्झौं र मनन गरौं ।’ उनले नागरिकताका सम्बन्धमा जसरी नक्साको विषयमा एकजुट भएका थियौं, त्यसैगरी यो विषयमा पनि आवेग होइन विवेकका साथ सामुहिक प्रयासबाट समाधान खोज्न आग्रह गरेका छन् ।
नागरिकताका विषयमा हेर्नुस् गगन थापाको धारणा

प्रकाशित : २०७७ असार १० गते १४:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI