दुई अध्यक्षले मन्तव्य राखेर सकियो नेकपाको पहिलो दिनको बैठक, अर्को बैठक १२ गते बस्ने

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १० गते १५:३९
दुई अध्यक्षले मन्तव्य राखेर सकियो नेकपाको पहिलो दिनको बैठक, अर्को बैठक १२ गते बस्ने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पाचौ स्थायी समिति बैठक पहिलो दिन साढे २ घण्टा बसेर सकिएको छ । अर्को बैठक असार १२ गते बस्नेछ । पहिलो दिनको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मन्तव्य राखेपछि सकिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

आजको बैठकमा सुरुमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले समग्र परिस्थितिका बारेमा धारणा राखेका थिए ।

उनले सकारात्मक तथा नकारात्मक सवै विषयमा धारणा राखेको र बैठकमा आगामी दिनमा छलफल गर्दै अघि बढ्न सकिने विश्वास व्यक्त गरेका थिए । 

त्यस्तै अर्का अध्यक्ष प्रचण्डले पनि वर्तमान परिस्थितिमा सरकार, पार्टी र समग्र परिस्थित र आदर्शलाई केन्द्रविन्दुमा राखेर छलफल गर्न र निष्कर्ष निकाल्नुपर्ने बताएका थिए । 

उनले त्यसक्रममा भएका कमजोरीको पनि समीक्षा गर्न तयार हुनुपर्ने धारणा राखेका थिए । 

बैठकमा प्रस्तावित कार्यसूचीहरु महासचिव विष्णु पौडेलले अध्यक्षद्वयका तर्फबाट प्रस्तावित गरेका थिए । ती कार्यसूचीमाथि स्थायी कमिटी सदस्यहरुले थप सुझावका रुपमा राखेका थिए । 

त्यसपछि बैठकका एजेण्डा थप गर्दै सातवटा पारिएको थियो । बैठकको कार्यसूचीमा प्रारम्भवमा अध्यक्षहरुले मन्तव्य राख्ने, दोस्रो कोभिड १९ रोकथाम, सरकारका काम, पार्टी एकता तथा एमसीसी सातौंमा विविध विषय गरी कार्यसूची समेटिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

थपिएका कार्यसूचीमा नगरिकता विधेयकबारे पनि छलफल गर्नुपर्छ भनेर प्रस्ताव गरेपछि कार्यसूची थपिएको थियो । त्यस्तै कोभिड–१९ महामारीका बेला संघीय सांसद प्रदेश सासदहरुले भत्ता नलिन अन्य दलसँग छलफल गर्ने भएको छ । 
त्यसपछि पछि प्रत्येक ३ महिनामा बस्नुपर्ने स्थायी समिति बैठक गत पुष महिनायता बस्न सकेको थिएन । त्यसयता मुलुलकमा महत्वपूर्ण घटनाक्रम भएपनि नेकपाले पार्टी कमिटीमा छलफल गर्न सकेको थिएन । जसले गर्दा नेकपामा असन्तुष्टि बढ्दै गएको थियो । 

पार्टीमा निकै विवादित बनेको विषय अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको कम्प्याक्ट सम्झौता संसदवाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा नेताहरुबीच सहमति हुन सकेको छैन । 
पार्टीका बहुमत नेताहरु एमसीसीसँगको सम्झौता संशोधन नगरी अनुमोदन गर्न नहुने पक्षमा छन् ।

प्रकाशित : २०७७ असार १० गते १५:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI