सिपिएल टि-२० ड्राफ्ट आज : सन्दिपको ड्राफ्ट मूल्य ९० हजार डलर

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १० गते १५:४९
सिपिएल टि-२० ड्राफ्ट आज : सन्दिपको ड्राफ्ट मूल्य ९० हजार डलर
MELBOURNE, AUSTRALIA - JANUARY 04: Sandeep Lamichhane of the Stars celebrates after dismissing Tom Cooper of the Renegades during the Big Bash League match between the Melbourne Stars and the Melbourne Renegades at the Melbourne Cricket Ground on January 04, 2020 in Melbourne, Australia. (Photo by Daniel Pockett/Getty Images)

क्यारेबियन प्रिमियर लिग ( सिपिएल टि-२० ) प्रतियोगिताको लागि खेलाडी छनौट गर्न ड्राफ्ट कार्यक्रम आज हुँदैछ। अनलाइन मार्फत बुधबार राति हुने ड्राफ्टमा २३ देशका कुल ५ सय ३७ जना खेलाडीहरुले नाम दर्ता गराएका छन्।

सिपीएल टि-२० मा अघिल्लो २ संस्करण खेलेका नेपाली लेग स्पिनर सन्दिप लामिछाने माथि सबैको नजर रहेको छ। पहिलो सिजन सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्सको लागि मात्र ५ हजार डलरमा छनौट भएका सन्दिपले त्यसपछि दोश्रो सिजनमा बार्बेडोस ट्राइडेन्टको लागि छनौट हुँदा भने ७० हजार डलर पाएका थिए।

कति छ सन्दीपको मूल्य 

यो पटक सन्दिपले आफ्नो मुल्य बढाऊदै ९० हजार डलर ( रू. १ करोड ८ लाख ५७ हजार ) राखेका छन्। यतिनै मूल्यमा फाफ डु प्लेसिस, डेभिड मिलर, मोहम्मद नबि, ड्यार्सी सर्ट, मुजिब उर् रहमानले पनि नाम दर्ता गराएका छन्।

शाहिद अफ्रिदी ( १ लाख ६० हजार डलर ) , आयन मोर्गन ( १ लाख ३० हजार डलर ) तथा बेन कटिंग ( १ लाख १० हजार डलर ) मूल्यमा ड्राफ्टमा रहेका छन्।

ड्राफ्ट हुनु अघिनै अस्ट्रेलियन ब्याट्सम्यान क्रिस लिन, अफगानिस्तान स्पिनर राशिद खान र कैस एहमद तथा दक्षिण अफ्रिकी ब्याट्सम्यान राइली रोस्युलाई बिभिन्न फ़्रेन्चाइज्हरुले लिईसकेको क्रिक्इन्फोले बताएको छ। अब आफ्नो टिम पुरा गर्नको लागि ड्राफ्टबाट तल्लावाहले ११ जना, सेन्ट किट्सले ६ जना तथा बार्बेडोस ट्राइडेन्टले ५ जना तथा गुएना अमेजन र ट्रिनबागो नाइट राइडर्सले समान ३/३ जना खेलाडी लिनुपर्नेछ।

सीपीएल टि-२० ले आफ्नो प्लेयिंग-११ मा ४ जना विदेशी खेलाडी राख्न पाउने प्रावधान रहेको छ।

गत सिजन बार्बेडोसले सन्दिपलाई ७० हजार डलरमा लिएको थियो

दर्शक बिना प्रतियोगिता 

करेबियन प्रिमियर लिग टि-२० ( सिपिएल टि-२० ) को आठौँ संस्करण १८ अगस्ट देखि १० सेप्टेम्बरसम्म आयोजना हुनेछ। कोभीड-१९ का कारण प्रतियोगिता आयोजना हुने नहुने संशय भने अझै बाँकी रहेको छ। प्रतियोगिता दर्शक बिना खेलाइने आयोजकले बताउदै आएको छ तै पनि सरकारी अनुमति भने अझै लिगले पाएको छैन।

सीपीएल टि-२० खेल्ने ६ वटै टिमले अगस्ट १ सम्म आफ्नो सम्पूर्ण टिम निर्धारण गर्नुपर्नेछ। प्रतियोगिता सुरु हुनु २ हफ्ता अघि देखि सबै खेलाडी र स्टाफहरु क्वारेन्टाइनमा बस्नुपर्नेछ।

प्रतियोगितामा बार्बेडोस ट्राइडेन्ट, गुएना एमेजन वारियर्स, जमैका तल्लावाह, सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स, सेन्ट लुसिया जुक्स र ट्रिनबागो नाइट राइडर्स गरि ६ वटा टिम सहभागी छन्। गत सिजनको उपाधि बार्बेडोस ट्राइडेन्टले गुएनालाई पराजित गर्दै जितेको थियो।

प्रकाशित : २०७७ असार १० गते १५:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI