प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएका सांसद सहित दलित अधिकारकर्मी पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १० गते १६:२४
प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएका सांसद सहित दलित अधिकारकर्मी पक्राउ

काठमाडौं । रुकुम पश्चिममा दलित युवक हत्याको घटनाका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन गएका सांसदसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

संयुक्त दलित राजनीतिक संघर्ष समितिका तर्फबाट ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटारतर्फ जाँदै गर्दा सांसद लक्ष्मी परियारसहितको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस क्रममा प्रहरीको लाठी प्रहारबाट सांसद परियारको तीन वटा औँलामा चोट लागेको छ । परियारले भनिन्, ‘प्रहरी भ्यानमा राखेर जबरजस्ती लाठी प्रहर गर्दा देव्रे हातको तीन औँला भाँचिएर वीर अस्पतालमा उपचार गराउँदैछु ।’

पक्राउ पर्नेमा पूर्वसांसद जीवन परियार, सुनिता मरिक ‘डोम’, दुर्गा बराइली, राजकुमार हिङमाङ, शर्मिला बागचन्द, शोभा सेन्चुरी, नानीमाया पुर्कोटी, हिक्मत महरा, लक्ष्मी थापा र राम नेपाल रहेका छन् । ज्ञापन पत्र बुझाउन पुग्दा प्रधानमन्त्री निवासको गेटमा प्रहरीले उनीहरुलाई लाठीचार्ज गरेको साझा पार्टीका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले जानकारी दिए । पक्राउ परेकालाई महेन्द्र पुलिस क्लब, भृकुटिमण्डममा राखिएको छ ।

गत १० जेठमा अन्तरजातीय विवाह गर्न सोती पुगेका नवराज र उनका पँच जना साथीको हत्या भएपछि संघर्ष समितिले काठमाडौंमा नियमित आन्दोलन र विरोधका कार्यक्रम गरिरहेको छ ।

प्रकाशित : २०७७ असार १० गते १६:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI