भीसान नवलपरासीको पहलमा भीमसेन आदर्श मा.बिलाई थर्मल गन सहयोग

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १० गते १७:१३
भीसान नवलपरासीको पहलमा भीमसेन आदर्श मा.बिलाई थर्मल गन सहयोग

देवचुली । भीसान नवलपरासी ले बुधबार एक कार्यक्रमका बिच २ थान थर्मल गन (मेडिकल थर्मोमीटर ) भीमसेन आदर्श मा. वि. लाई हस्तान्तरण गरेको छ ।

हाल विश्व नै कोभिड १९ का कारण प्रभावित रहेको अवस्थामा सबै विद्यालयहरुमा अध्ययन रोकिएको मात्र छैन सामुदायिक/सरकारी विद्यालयहरुमा क्वारेन्टाईनका रुपमा प्रयोग भएका छन् ।

यसरी विद्यालयहरु कोरोना महामारीको उच्च जोखिम रहनेभएकाले भीसान नवलपरासीको अनुरोधमा रु दश हजार बराबरको २ वटा मेडिकल थर्मोमिटर लायन्स क्लव अफ नारायणगढ़ बालकुमारी र नारायणी मोटर्सले भीसानलाई सहयोग स्वरुप उपलब्ध गराएको थियो भने भीसानले सो थर्मामीटर विद्यालयलाई हस्तान्तरण गरेको हो ।

भीसानका अध्यक्ष शेर बहादुर पौडेल र सचिव राजु चापागाईंको उपस्थितिमा विद्यालयका प्राचार्य नरदेव न्यौपाने र शाखा विद्यालयका ईन्चार्ज डोलकान्त अर्याललाई हस्तान्तरण गरिएको थियो ।

हाल भीमसेन आदर्श मा. वि. को शाखा विद्यालय देवचुली नगरपालिका सात वडा को क्वारेन्टाईनको रुपमा प्रयोग भैरहेको छ । भीसान नवलपरासीले सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन गर्दै निरन्तर सहयोगको अपेक्षा सहीत भविष्यमा आफ्ना यस्ता विविध गतिबिधी निरन्तर गरिरहने प्रतिबद्धता समेत जनाएको छ ।

प्रकाशित : २०७७ असार १० गते १७:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI