No ads found for this position

गैंडाकोट नगरपालिकामा आ.व २०७७ /७८ को लागि ७१ करोड ३२ लाखको अनुमानित बजेट प्रस्तुत

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १० गते १८:२५
No ads found for this position
गैंडाकोट नगरपालिकामा आ.व २०७७ /७८ को लागि  ७१ करोड ३२ लाखको अनुमानित बजेट प्रस्तुत
?????????????????????????????????????????????????????????
No ads found for this position

सुजन अधिकारी/गैंडाकोट
गैंडाकोट नगरपालिकाले आर्थिक वर्ष २०७७ /७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

उप प्रमुख विष्णुकुमारी कंडेलले नगरको सातौं नगर सभामा कुल ७१ करोड ३२ लाख ४ सय सन्तानब्बे रुपियाँ बराबरको बजेट प्रस्तुत गर्नु भएको हो ।

जस मध्ये ९ करोड ४० लाख ५० हजार आन्तरिक स्रोत बाट र संघ तथा प्रदेश बाट ६१ करोड ९१ लाख ५० हजार ४ सय ९७ बराबरको अनुदान मार्फत प्राप्त हुने जनाईएको छ ।

बजेटमा प्रसासनिक खर्च तर्फ ११ करोड ६५ लाख, आर्थिक विकास तर्फ १ करोड ६५ लाख, सामाजिक विकास तर्फ ३ करोड ९० लाख, पुर्वाधार विकासमा २ करोड ८४ लाख, वातावरण तथा विपदमा १ करोड ५० लाख , संस्थागत विकास तथा सेवा प्रवाहामा ३० लाख विनियोजन गरिएको जनाईएको छ ।

गैंडाकोट रिसोर्टमा बुधवार भएको नगरसभामा नगर प्रमुख छत्रराज पौडेलले नगरको नीति तथा प्रस्तुत गर्नुभएको थियो ।

नगरप्रमुख पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा एकघर एक बिरुवा तथा एक वडा एक हरियाली पार्क, हरियाली नगर कार्यक्रक्रम, उज्यालो सडक कार्यक्रम, एक सामुदायिक बन एक जलाधार, बाँझो जग्गा रहित नगर, कोपोमिक्स सफ्टवेर, गैंडाकोटको परिचय – स्वादिलो मकै, क्लिन गैंडाकोट – ग्रिन गैंडाकोट, जनताको घरदैलोमा मेयर कार्यक्रम, विवादमुक्त गैंडाकोट, सुसासनकालागि समता र न्यायमा आधारित गैंडाकोट, सुत्केरी आमा पोसिलो खाना, गरिवी मुक्त गैडाकोट लगायत दर्जनौ कार्यक्रमहरु समावेश गरिएका छन् ।

प्रस्तुत नीति तथा कार्यक्रममा वातावरण, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा जोड दिइएको छ भने कतिपय पुरानै नीति तथा कार्यक्रमहरुलाई चालु आर्थिक वर्षमा समावेस गरिएको छ । कार्यक्रममा कोभिड १९ को जोखिम तथा सोबाट सृजित समस्या न्यूनिकरण गर्ने, कालिगण्डकी करिडोर निर्माण, बिपी अन्तर्राष्ट्रिय खेलग्राम निर्माण, मनमोहन राष्ट्रिय रंगशाला जस्ता एकदर्जन बढी योजनाहरुलाई केन्द्र सरकार र प्रदेश सरकारसँग तालमेल मिलाएर योजना लैजाने नीति लिइएको छ ।

यस अघि नै वडाहरुमा पारित भइसकेको नीति तथा कार्यक्रमहरुलाई नगर सदस्यहरुले अध्यायन गर्न र वडामा छलफल गर्न सात दिनको समय मागे पछि नगर प्रमुख पौडेलले आगामी असार १६ गते दिउँसो २ बजे को लागि पुन नगरसभाको भेला बोलाउँदै आजको भेला स्थगन भएको घोषणा गर्नुभएको थियो ।

प्रकाशित : २०७७ असार १० गते १८:२५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI