देवचुलीमा आ.व २०७७/७८ मा ६० करोड एक लाख ८५ हजार २ सयको बजेट विनियोजन

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १० गते २२:२२
देवचुलीमा आ.व २०७७/७८ मा ६० करोड एक लाख ८५ हजार २ सयको बजेट विनियोजन

देवचुली । देवचुली नगरपालिकाको छैठौं नगर सभा आगामी आ.व २०७७/७७ का लागि ६० करोड एक लाख ८५ हजार २ सय बजेट विनियोजन गर्दै सप्पन्न भएको छ ।

नगरप्रमुख पुर्णकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न नगरसभामा उपप्रमुख पार्वता तिवारीले आ.व २०७७/७७ का लागि विनियोजन बजेट पेस गर्नु भएको हो ।

नगरसभामा प्रस्तुत बजेटमा संद्यीय सरकारको सशर्त अनुदान ३१ करोड १ लाख र निशर्त अनुदान २९ करोड ८५ हजार २ सय रहेको छ ।त्यस्तै निशर्त अनुदान तर्फ संघीय सरकारबाट वित्तिय समानिकरण अनुदान १३ करोड ५२ लाख र राजश्व बाडफाड ९ करोड ४ लाख ७५ हजार २ सय रहेको छ ।

यसै गरी प्रस्तुत बजेटमा गण्डकी प्रदेश सरकारबाट वित्तिय समानिकरण अनुदान १ करोड २४ लाख ३८ हजार र राजश्व बाडफाड वापत ६९ लाख ७२ हजार रहेको छ ।

यसै गरि नगरसभामा प्रस्तुत बजेटमा आन्तरिक राजश्व २ करोड र मालपोत रजिष्ट्रसन शुल्क २ करोड ५० लाख संकलन हुने अनुमान गरिएको छ ।

त्यस्तै बजेटमा विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रणका लागि कोरोना कोषमा २ करोड विनियोजन गरिएको छ ।

प्रकाशित : २०७७ असार १० गते २२:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI