कोरोना संक्रमितको मृत्युपछि पोखरास्थित क्षेत्रीय अस्पतालको इमर्जेन्सीबाहेकका सेवा बन्द

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार ११ गते ९:२२
कोरोना संक्रमितको मृत्युपछि पोखरास्थित क्षेत्रीय अस्पतालको इमर्जेन्सीबाहेकका सेवा बन्द

पोखरा । कोरोना भाइरस संक्रमितको मृत्यु भएपछि पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्‍ठान पश्‍चिमाञ्‍चल क्षेत्रीय अस्पतालको इमर्जेन्सी बाहेक अन्य सेवाहरू बन्द गरिएको छ। 

भेन्टिलेटरमा उपचाररत स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरुषको गएराति ११:३५ बजे मृत्यु भएको थियो। 

शव व्यवस्थापन गर्नुपर्ने भएकोले आज एक दिनका लागि सेवा बन्द गरिएको अस्पतालले विज्ञप्ति निकालेर जानकारी गराएको छ।

८ असारमा आईसीयूमा भर्ना भएका ती व्यक्तिमा कोभिड-१९ को साथै सिभियर निमोनिया र डाइबेटिज मेलिटस टाइप २ बाट पीडित रहेको अस्पतालले जनाएको छ। 

प्रकाशित : २०७७ असार ११ गते ९:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI