शव व्यवस्थापन गर्न हिँडेको प्रहरी टोलीमाथि स्थानीयको अवरोध, झडपमा एक दर्जन बढी घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार ११ गते १३:५३
शव व्यवस्थापन गर्न हिँडेको प्रहरी टोलीमाथि स्थानीयको अवरोध, झडपमा एक दर्जन बढी घाइते

पोखरा । कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा स्थानीयबाट अवरोध भएको छ । 
बुधबार राति निधन भएका स्याङ्जा एक पुरुषको शव व्यवस्थापनका लागि पोखरा ३२ स्थित मजुवा लैजाँदै गर्दा शवबाहन सहितको प्रहरी टोलीलाई स्थानीयले अवरोध गरेका हुन् । 
उनीहरुले मजुवामा शव व्यवस्थापन गर्न नदिने भन्दै घाटनजिकै टायर बालेर विरोध प्रदर्शन गर्दै अवरोध गर्दा झडप हुन पुगेको छ । 

झडपका क्रममा एक दर्जन प्रदर्शनकारी घाइते भएका छन् । 

शव व्यबस्थापन गर्न नदिने भन्दै स्थानियले प्रहरीटोली माथि ढुङ्गामुडा गर्न थालेपछि झडप भएको हो । अहिले पनि सो क्षेत्रमा तनाव जारी छ ।  नेपाली सेनाले शव व्यबस्थापन गर्ने र पोखरा महानगरपालिकाले शव व्यवस्थापन स्थान खोज्ने सहमतिअनुसार महानगरले पोखरा ३२ मजुवा घाट तय गरेको थियो । जसअनुसार प्रहरील शवबाहनमा राखेर मृतकको शव घाटमा लगेको थियो । 

यता कास्की प्रहरी प्रमुख जीवन श्रेष्ठले शव लैजाने क्रममा स्थानीयबाट अवरोध भएपछि झडप हुन पुगेको बताए । 

यता महानगरपालिकाले भने शव व्यवस्थापन गर्ने काममा अवरोध गर्न नहुने बताएको छ । ‘शबलाई कहिँ न कहिँ त व्यवस्थापन गर्नैै पर्यो, मजुवा घाट बस्तीबाट टाढा भएकाले शव व्यवस्थापन गर्दा केहिी अफ्ठ्यारो नपर्ने भएकाले उक्त ठाउँ चयन गरिएको हो ।’ पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले बताए । 

यसअघि पनि शव व्यवस्थापन गर्ने क्रममा कास्कीमा झडप भएको थियो ।

प्रकाशित : २०७७ असार ११ गते १३:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI