No ads found for this position

नवलपुर अपडेट : जिल्लामा कोरोना संक्रमितको संख्या २ सय १० पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार ११ गते २३:५५
No ads found for this position
No ads found for this position

रामकुमार श्रेष्ठ/कावासोती ।
नवलपुरमा बिहीबार कोभिड १९ का संक्रमित नयाँ २६ जना थपिए सँगै संक्रमितको संख्या २ सय १० जना पुगेको छ ।


जिल्ला स्वास्थ्य कार्यालय नवलपुर केशव चापागाईका  अनुसार विहीबार राति पुष्टि भएका कावासोती नगरपालिकाको १४ जना, गैडाकोट नगरपालिकाको ७ जना र दिउँसो पुष्टि भएको ५ जना सहित विहीबार २६ जना नयाँ संक्रमित थपिएका हुन् ।


यो सहित नवलपुरमा संक्रमितको संख्या २ सय १० जना पुगेको छ ।
कावासोती नगरपालिकाले संकलन गरेर पठाएको ६६ जनाको स्वाबको पिसिआर रिपोर्ट मध्ये १४ जनामा संक्रमण पुष्टि भएको हो ।


भरतपुर अस्पतालले दिएको जानकारी अनुसार कावासोती नगरपालिकाको २ महिला र १२ जना पुरुष गरी १४ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।


कावासोती नगरपालिकाकी ३७ र २५ बर्षीया दुई महिला, २४, २४, ३०, ३५, २२, १८, २९, ५८र १८ बर्षीय १२ जना पुरुषमा संक्रमण देखिएको भरतपुर अस्पतालले जनाकारी दिएको छ । यो सहित कावासोती नगरपालिकामा संक्रमितको संख्या ३० पुगेको छ ।


त्यसैगरी नवलपुुुरको गैडाकोट नगरपालिकामा विहीबार ७ जना नयाँ संक्रमित थपिएका छन् ।


गैडाकोट नगरपालिकाको १८ जनाको संकलित स्वाबको पिसिआर परीक्षण गर्दा विहीबार ७ जना पुरुषमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको भरतपुर अस्पतालले जनाएको छ ।
त्यसैगरी बिहीबार दिउँसो विनयी त्रिवेणीमा १ जना महिला र ४ जना पुरुषमा संक्रमण देखिएको थियो ।


गैंडाकोट नगरपालिकाका ५३,३४,२३,३५,५२,५२,२५ वर्षीय गरी ७ जना पुरुषमा संक्रमण देखिएको हो । यो सहित गैडाकोट नगरपालिकामा संक्रमितको संख्या १८ पुगेको छ ।


नवलपुुुरमा अहिलेसम्म गैडाकोट नगरपालिकामा १८, कावासोती नगरपालिकामा ३०, देवचुली नगरपालिकामा ९, मध्यविन्दु नगरपालिकामा ४२ जना संक्रमित पुगेका छन् ।
त्यसैगरी विनयी त्रिवेणी गाउँपालिकामा १८, हुप्सेकोट गाउँपालिकामा ३२, बुलिङटार गाउँपालिकामा २७ र बौदीकाली गाउँपालिकामा ३४ जना संक्रमित पुगेका छन् ।

प्रकाशित : २०७७ असार ११ गते २३:५५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI