हजारौँ वर्ष पुरानो भारतीय तलाउ, जब गुलाबी रंगमा बदलियो…

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १२ गते ०:३५

नयाँदिल्ली : भारतको महाराष्ट्रस्थित एउटा तलाउको पानी अचानक गुलाबी रंगमा बदलिएपछि स्थानीयहरु दंग परेका छन् ।

मुम्बइबाट ३ सय माइल पूर्वतिर पर्ने ‘लोनार लेक’अचानक गुलाबी रंगमा बदलिएको हो । जुन लेक ५० हजार वर्ष पुरानो भएको बताइन्छ । पछिल्लो केही सातादेखि यहाँ रंग बदलिन थालेको स्थानीय बताउँछन् ।

हरियो रंगमा रहेको उक्त तलाउको पानी पछिल्लो समय अचानक गुलाबी बनेको हो । साथै सुख्खा मौसमका कारण ताल पनि सुक्दै गएको देखिन्छ । यो पुरानो र पर्यटकीय रुपमा आकर्षक तालको यस्तो अवस्थापछि वैज्ञानिकहरु पनि अचम्भित भएका छन् । उनीहरुले यसबारे अनुसन्धान गर्न थालेका छन् । हालै वैज्ञानिकले केही पानी संकलन गरेर खोजी सुरु गरेका हुन् ।भारतभर मिडिया र सामाजिक सञ्जालमा समेत यो तालको तस्बिर र भिडिओ अहिले भाइरल बनेको छ ।

प्रकाशित : २०७७ असार १२ गते ०:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI